ट्रकको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु

आफन्तद्वारा सडक अवरुद्ध

हिमशिखर संवाददाता ५ मंसिर २०७७, शुक्रबार १६:०१

सुर्खेत: सुर्खेतको बोटेचौरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । शुक्रबार बिहानदेखि नै मृतकका आफन्तले गुर्भाकोटस्थित बोटेचौर बजारमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

सल्लीबजारबाट मालारानी जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले बिहीबार साँझ ७ बजे ठक्कर दिँदा गुर्भाकोट नगरपालिका– ९, का ४८ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार भण्डारीको उपचारका क्रम्मा मेहेलकुना अस्पतालमा बिहीबार नै मृत्यु भएको थियो ।

भण्डारीसँगै रहेका दुईजना बालक भने घाइते भएका छन् । पैदल यात्री भण्डारी र उनीसँगै रहेका ८ वर्षीय भिमबहादुर खड्का र एक वर्षीय भुवन खड्कालाई सड्क पार गर्ने क्रममा ट्रकले ठक्कर दिएको डीएसपी घर्तीले बताए । घाइते दुईजना बालकको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भण्डारीलाई ठक्कर दिने ट्रक चालक अहिलेसम्म फरार छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै मृतकका आफन्तहरु आन्दोलित भएका हुन् । मृतृकको शव अझै पनि मेहेलकुना अस्पतालमा रहेको मृतकका आफन्तले बताएका छन् ।

Next Post

“सुशासन कायम गर्न नयाँ प्रविधि आवश्यक छ”: मन्त्री अर्याल

५ मंसिर २०७७, शुक्रबार १६:०१
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले “सुशासन कायम गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन । स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्नको लागी प्रविधिको प्रयोग आवश्यक भएकाले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि याहाबाट प्रदान गर्ने सेवाहरुलाई प्रविधिमैत्री […]