माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काे अध्यक्षका आकाँक्षीलाई व्यावस्थापनकाे लागि पार्टीको केन्द्रीय सदस्य बनाएको छ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह चयन गर्दै पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो।
माओवादी केन्द्रकाे केन्द्रीय सदस्यीय हुनेमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम रहेकाे स्राेतले जनाएकाे छ ।



