जुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु

महेश चाैलागाँई ५ चैत्र २०८२, बिहीबार १८:००

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिका–९ मा माटोको ढिस्कोले पुरिँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय ४७ वर्षीया कृष्णमाया तिमिल्सेना रहेकी छन्।

बिहीबार बिहान करिब ११ बजे उठिले नजिक घर लिप्ने माटो खन्ने क्रममा माथिबाट अचानक ठूलो माटोको ढिस्को खस्दा घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिएका छन्।

उनका अनुसार सो घटनामा दुई महिला पुरिएका थिए। स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा दुवै जनालाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।

घटनामा गम्भीर घाइते भएकी कृष्णमाया तिमिल्सेनाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्की घाइते अन्दाजी ४० वर्षीया तारा धर्ती भने उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेकी छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Next Post

तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हावाहुरीको सम्भावना

५ चैत्र २०८२, बिहीबार १८:००
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन देशका विभिन्न स्थानमा प्रतिकूल मौसम रहने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानअनुसार चैत ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको […]