नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

हिमशिखर संवाददाता १० मंसिर २०७८, शुक्रबार ०७:५३

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ। तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।

उद्घाटनमा पाँच लाख सहभागी हुने एमालेले दाबी गरेको छ। त्यसका लागि नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन्।

प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन। प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको  एमाले प्रचार विभाग योगश भट्टराईले जानकारी दिए।  कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उको भनाइ छ।  महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहन हुनेछ। उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने छन्

Next Post

बालुवा खानीमा पुरिएर जुम्लामा  दुई जनाको मृत्यु

१० मंसिर २०७८, शुक्रबार ०७:५३
जुम्लामा बालुवा खानीमा पुरिएर शुक्रबार  दुई जनाको मृत्यु भएको छ। तिला गाउँपालिका वडा नंं ९ को धाराखोला स्थित बालुवा खानीमा पुरिँएर सोही ठाउँकी वर्ष १९ कि निली रावत र उनकी बहिनी नाता पर्ने वर्ष १५ की निरमाया रावतको मृत्यु भएको हो। गाउँलेबाट घटना भएको खबर प्राप्त भए लगत्तै प्रहरी चौकी […]

सम्बन्धित समाचार