पोखरा विमान दुर्घटना अपडेट: मृतककाे संख्या ६८ पुग्याे

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १७:३६

पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको जानकारीअुनसार हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे।

विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा राखिएको छ।

प्राधिकरणका अनुसार विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। घटनास्थलमा उद्धार कार्य जारी छ।

Next Post

विमान दुर्घटना: भाेलि राष्ट्रिय झण्डा आधा झुकाइने

१ माघ २०७९, आईतवार १७:३६
सरकारले पाेखरामा भएकाे विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै भाेलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबारकाे मन्त्रिपरिषद्‍को निर्णयअनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाएकाे छ। त्यसैगरी भाेलि अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणासमेत गरेको छ। दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु […]

सम्बन्धित समाचार