अफगानिस्तान काे बिमानस्थलमा अमेरिकी सेनाले गाेली चलायाे
अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ।
अमेरिकी सेनाले हावामा गोली चलाएको हो। एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले भिड नियन्त्रण लिन विमानस्थलमा गोली चलाएको हो।
सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ। फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ।
आफगान टेलिभिजन च्यानल टोलो न्यूजका अनुसार काबुलको हामिद करजई अन्तराष्ट्रिय विमानस्थलमा भीड नगर्न अपिल गरिएको छ।