उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमशिखर संवाददाता २८ कार्तिक २०७९, सोमबार ०७:२३

आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा र पर्वतारोहणमा जाँदा ध्यान दिन उहाँको सुझाव छ । अहिले पद यात्रा र पर्वतारोहणमा जानेहरुको सङ्ख्या बढ्दै गएको छ । मौसमविद्ले यसरी यात्रामा जानु अघि मौसमको अवस्थाबारे थाहा पाइराख्न पनि आग्रह गरेका छन्  ।

पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । काठमाण्डौको मौसम पनि आंशिक बदली हुने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो  । अहिले बिहान भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि तराईका जिल्लामा भने पारिलो घाम लाग्ने मौसमविद्को भनाइ छ ।

Next Post

सी सँगको वार्तामा दुई देशबीचको विवादको बिन्दुको खोजी गरिनेछ : बाइडेन

२८ कार्तिक २०७९, सोमबार ०७:२३
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताउनुभएको छ । भोलिदेखि इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई शक्ति देशका राष्ट्रपतिबीच भेट हुन लागेको हो । बाइडेन र सी बीच पहिलो प्रत्यक्ष भेट हुन लागेको हो । अमेरिकामा केही दिनअघि […]