मुगु जिल्ला अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विशेषज्ञ सेवा

हिमशिखर संवाददाता १३ आश्विन २०७७, मंगलवार २२:४१

मुगु: जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ सेवा सुरु गरेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक पठाएर मुगु जिल्ला अस्पतालबाट समेत सेवा सुरु गरेको हो ।

प्रतिष्ठानका विशेषज्ञ एमडिजिपी चिकित्सक सिद्धार्थ धोज खातीलाई पठाएर मुगु जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा विस्तार गरेको अस्पताल निर्देशक मंगल रावललले बताए ।

मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामीहरु उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आउने गरेका थिए । अब जिल्लामा विशेषज्ञ सेवा सुरु भएपछि सहज हुने भएको छ ।

Next Post

जुम्लामा ११ स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना पुष्टि

१३ आश्विन २०७७, मंगलवार २२:४१
जुम्ला: कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको छ। प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा २४ जनामा कोरोना पुष्टि भएको हो। अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएकाे छ। परीक्षण गरिएका ५० मध्ये २४ जनामा कोरोना देखिएको हाे। संक्रमण पुष्टि भएका सबैलाई […]