राष्ट्रपतिमा विद्या भण्डारीकाे भूमिका गाैरवकाे विषय : अध्यक्ष ओली

हिमशिखर सम्वाददाता काठमाण्डौ २४ फाल्गुन २०७९, बुधबार १५:०१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको दाबी गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको उल्लेख गर्दै अध्यक्ष ओलीले उहाँको यस खालको भूमिका नेपाल र नेपाली महिलाहरूका लागि गर्वको विषय भएको जिकिर गर्नुभयाे ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधवार च्यासलमा रहेकाे एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो महिला नेत्री, तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेत्री, भोजपुरको एउटा गाउँमा जन्मिएकाे व्यक्तिले राष्ट्रपतिको जिम्मेवारी बहन गर्नुभयाे । त्यो जिम्मेवारी एक पटक मात्रै होइन । फेरि उहाँ जिद्दी गरेर यहाँ रहनैपर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर फेरेर दाेहाेरिनुभएकाे हाे ।’

अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताउनुभयो ।

Next Post

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२४ फाल्गुन २०७९, बुधबार १५:०१
नेपालकाे तेस्राे राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा भएकाे निर्वाचनमा पौडेल ३३ हजार ८ सय २ मत सहित निर्वाचित भएका हुन्। ८ दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता पौडल गणतन्त्र नेपालकाे तेस्रो राष्ट्रपति बनेका हुन्। पौडलका प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले १५ […]