किर्डाक नेपालद्वारा पातरासिका २४ जना लाई कृषि सामाग्री वितरण

हिमशिखर संवाददाता ११ भाद्र २०७८, शुक्रबार २०:५३

किर्डाक नेपाल जुम्लाले पातारासि गाउँपालिका जुम्लाका २४ जना किसानलाई कृषि औजार वितरण गरिएको छ । कृषि उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषि औजार वितरण गरिएको किर्डाक नेपाल जुम्लाले जनाएकाे छ ।

परम्परागत खेती प्रणालीको विकल्पमा कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको हाे ।

वितरण गरिएकाे सामाग्रीमा प्रतिव्यक्ति १४ हजार ६ सय ४१ रूपैयाँ बरावरकाे सिल्पोलिन १ वटा, नाइलन डोरी ४ केजी, हजारी १ वटा, प्लाष्टिक केरेट ३ वटा, गार्डेन पाइप २ रोल, फरुवा १ वटा र त्रिपाल १ वटा वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड म्यानेजर भेष बहादुर रावलले जानकारी दिएकाछन ।

Next Post

अविरल वर्षाका कारण त्रिवेणी टोप्ला सडक खण्ड अवरुद्ध

११ भाद्र २०७८, शुक्रबार २०:५३
अविरल वर्षाका कारण पहिराेले त्रिवेणी टोप्ला सडक खण्ड एक साता देखी अवरुद्ध भएको छ । त्रिवेणी टोप्ला सडक खण्ड अन्तरगतको तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपाले मा पहिरो खसेको छ । एक साता सम्म पनि अवरुद्ध सडकखण्ड खुल्न सकेको छैन । तिन ठाउँमा खसेको पहिरो स्थानीयबाट […]