रहेनन विवेकशील साझा पार्टीका नेता थापा

हिमशिखर संवाददाता १८ जेष्ठ २०७८, मंगलवार १८:१२

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोभिड-१९ संक्रमणले गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेटमा मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

Next Post

चाैधरी ग्रुपले सुरू गर्याे सिजि नेट नामक इन्टरनेट सेवा

१८ जेष्ठ २०७८, मंगलवार १८:१२
आजदेखि चाैधरी ग्रुपले काठमाडौंमा इन्टरनेट सेवा शुरु गरेको छ । सिजि कम्युनिकेसन्सले काठमाडौं सुरू न्दा आधा सस्तो मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने छ । शुरुवाती समयमा उक्त सेवा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालकालागि भने […]