कालीकोटमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिए

हिमशिखर संवाददाता ६ बैशाख २०८२, शनिबार २३:१६

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन्।

स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए।

स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

‘घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ’, उनले भने, ‘घटनाका विषयमा अनुसन्धान हुनेछ।’

Next Post

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीना

६ बैशाख २०८२, शनिबार २३:१६
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो। आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो। शिक्षकहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी […]