शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीना

हिमशिखर संवाददाता ८ बैशाख २०८२, सोमबार १९:०१

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो।

आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो।

शिक्षकहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।

केहिदिनअघि पार्टीनिकट प्राज्ञिक व्यक्तित्वहरूसँगको छलफलमा भट्टराईले शिक्षकका माग पूरा गर्न ओलीले नचाहेको र उदासिन देखिएको भन्दै असन्तुष्टि जनाएकी थिइन्। शिक्षकहरूले उठाएका कतिपय जायज मुद्दाहरूमा ओली अराजक शैलीमा प्रस्तुत भएको भन्दै उनी असन्तुष्ट रहेको बुझिएको छ।

शिक्षा ऐन जारी गर्न ओलीले असहयोग गरेको भन्दै उनले आफूनिकटहरूसँग राजीनामाको संकेत गरिसकेकी थिइन्।

Next Post

‎बर्दियाको मधुवन  नगरपालिका वडा नं. ८ वालविवाह मुक्त वडा घोषणा

८ बैशाख २०८२, सोमबार १९:०१
बर्दियाको मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएकाे  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । ‎ ‎पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार  वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ। […]