पहिलाे पटक काेराेना संक्रमणबाट जुम्ली नागरिकको मृत्युु भएकाेछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ ।
काेराेना संक्रमणबाट मृत्यु हुनेमा जुम्ला हिमा गाउँपालिका ७ निबासी ५७ बर्षिय पुरुष रहेकाेकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले जानकारी दिए ।
डा. भट्टराईका अनुसा मृतक लामाे समय लेखि दमले ग्रसित थिए । जेठ ९ गते अस्पतालमा भर्ना भएका उनकाे काेराेना परिक्षण गर्दा पोजेटिभ देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो ।
यसअघि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कालिकोटका २ जना र सुर्खेतको एक जना गरि तीन जनाको मृत्यु भइसकेको छ ।



