जुम्ला: राजसंस्था पुनस्र्थापनाको माग राख्दै मंगलबार जुम्ला बजारमा प्रदर्शन गरिएकाे छ ।
राष्ट्रबादी जुम्ली समुहको आयोजनामा राजसंस्था पुनःस्थापना काे माग राख्दै मोटरसाइकल र्यालीसहितको प्रदर्शन गरिएकाे समुहका अध्यक्ष बुलन्द शाहीले जानकारी दिएकाछन ।
प्रदशनमा राजा आउ देश बचाउ , हाम्राे राजा हाम्राे देस प्राण भन्दा प्याराे छ, संघियता खारेज गर लगायतका नारा लगाइएको थियाे ।
राष्ट्रबादी जुम्लि समूह काे प्रदशनमा आफ्नाे पार्टीको पुर्ण समर्थन रहेकाे राप्रपा जुम्लाका अध्यक्ष बेद बहादुर शाहीले जानकारी दिएकाछन। आजकाे प्रदशनमा राप्रपाका नेताकार्यकर्ताहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
जुम्ला बसपार्कबाट सुरू भएकाे प्रदर्शन कृष्ण मन्दिर अगाडी पुगेर सभामा परिणत भएकाे थियाेे ।
भिडियो हेर्न याहा किलिक गर्नुहोस https://www.youtube.com/watch?v=MR77-JeUB08