एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजरकाे कोरोनाबाट निधन

रबि नेपाली २५ बैशाख २०७८, शनिबार ०८:२९

सन २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद काेराेना संक्रमणबाट निधन भएको छ ।

परियारकाे 2021 काे MDRT प्रमाणपत्र

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखा प्रमुख मेगराज बिकका अनुसार परियारको मंगलबार साँझ कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ७ दिन सम्म आईसियुमा राखेर केही सुधार भएपछि सामान्य बेडमा सारेर उपचार गराउँदै गरेको अवस्थामा एक्कासी निधन भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखामा आबद्ध परियारले गत वर्ष ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेर एमडिआरटीको लक्ष्य पूरा गरेका थिए । व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटीको लक्ष्य भेट्टाए पनि उनले उक्त सम्मेलनमा भने भाग लिन नपाई कोरोनाबाट निधन भएकाे छ ।

परियार आफ्नो २५ लाखकाे बीमा गराएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

Next Post

सरकार जनताप्रतिको दायित्वबाट पन्छिन नमिल्ने: बरिष्ठ नेता नेपालसरकार जनताप्रतिको दायित्वबाट पन्छिन नमिल्ने: बरिष्ठ नेता नेपाल

२५ बैशाख २०७८, शनिबार ०८:२९
काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महामारीले निम्त्याएको विषम् परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट पन्छिन नमिल्ले बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता नेपालले सरकारले कोरोना महामारीका बेला जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको […]