भरतपुरमा बोलेको कुरालाई बंग्याएर प्रचार गरियो: माओवादी अध्यक्ष प्रचण्ड

हिमशिखर संवाददाता २५ बैशाख २०७९, आईतवार १७:४९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेका कुरालाई नकारात्मक शैलीबाट प्रचार गरिएको बताएका छन्। आइतबार तुलसीपुरमा गठबन्धनको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले भरतपुरमा बोलेको कुरालाई बंग्याएर प्रचार गरिएको बताए।

‘मैले भरतपुर या काठमाडौं महानगरपालिकाको सभामा जाँदा हामीले यो गठबन्धन एउटा ठूलो प्रतिगामी षड्यन्त्र, एउटा निकै ठूलो लोकतन्त्र विरोधी षड्यन्त्रलाई परास्त गर्न जन्मिएको हो, यही निर्वाचनबाट यो षड्यन्त्र परास्त गर्न जरुरी छ भनेँ, उनले भने, ‘तर, मिडियाले त्यो भनाइलाई छोरी जिताउनका लागि, छोरी नजिते देशै भाडमा जाओस्, दुर्घटनामा पर्छ भन्यो भनेर नकारात्मक ढंगबाट प्रचार गरियो।’

प्रतिक्रान्ति र प्रतिगमनविरुद्धको षड्यन्त्रलाई परास्त गर्नका लागि स्थानीय तहमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ थियो। उनले यो गठबन्धन संघीय चुनावसम्म मात्रै नभई विकास र समृद्धिका लागि केही वर्ष कायम राख्नुपर्ने दोहोर्याए। यसका लागि आमनेता तथा कार्यकर्तामा समेत एकअर्काप्रति विश्वासको वातावरण हुन जरुरी रहेको उनले औँल्याए।

Next Post

गठबन्धन गर्नुअघिको अवस्था स्मरण गर्न कार्यकर्तालाई देउवाले आग्रह

२५ बैशाख २०७९, आईतवार १७:४९
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गठबन्धन गर्नुअघि आफूहरूको अवस्था कस्तो थियो भनेर स्मरण गर्न आग्रह गरेका छन्। पोखरामा पाँचदलीय गठबन्धनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। कांग्रेसको नेतृत्वमा केन्द्रीय सरकार बनेको, आफू प्रधानमन्त्री बनेको र प्रदेशहरूमा पनि कांग्रेसका मुख्यमन्त्री, […]

सम्बन्धित समाचार