डोटीमा जीप दुर्घटना हुँदा दुईको ज्यान गयो : ६ जना घाइते

हिमशिखर सम्वाददाता काठमाण्डौ ६ फाल्गुन २०७९, शनिबार ०८:०६

डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा केआईसिंह–१ महादेवका ३६ वर्षका चालक गोविन्द शाही र केआईसिंह–२ जारिमभाडीका ४१ वर्षका धनबहादुर तिरुवा रहेका छन् ।

दुर्घटनामा केआईसिंह गाउँपालिका डुम्राकोटका २७ वर्षीय तेज तिरुवा, उहाँकी श्रीमती २६ वर्षीया राधा तिरुवा, समिर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार घाइते भएका छन् । घाइतेको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

दिपायलबाट घाँटलायाका लागि छुटेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जीप लोलीमा गएराति दुर्घटना भएको हो ।

Next Post

हुम्लाको सिमकोटमा एक महिला मृत अवस्थामा फेला

६ फाल्गुन २०७९, शनिबार ०८:०६
जिल्लाको सदरमुकाम सिमकोटमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन । सिमकोट गाउँपालिका १ दोजाम की अन्दाजी ३० वर्षिय छिरिङ कुडोल लामा सिमकोटकै माथिल्लो बजार स्थित एक घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए। उक्त घटना शुक्रबार राती ११ बजे […]