राउटेकाे भत्ता बढेर पाँच हजार

पुष्पा बिष्ट ८ पुष २०७७, बुधबार १२:४६

नेपाल सरकारबाट मासिक तीन हजार भत्ता पाउँदै आएका राउटेहरुलाई कर्णाली सरकारले मासिक दुई हजार थपिदिने निर्णय गरेपछि उनीहरुको भत्ता बढेकाे छ।

लोपोन्मुख राउटे जातिको संरक्षण र सम्वर्द्धन गर्न प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ दिने निर्णय भएकाे प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन।

नेपाल सरकारले दैलेखको गुराँस गाउँपालिकालाई उक्त रकम पठाउने गरेको थियाे। कर्णालीकाे मन्त्रिपरिषद्ले निर्णय गरेपछि थपिएको भत्ता आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकामै पठाइनेछ।

दैलेखको गुराँस गाउँपालिकाले राउटेहरुलाई स्थायी परिचयपत्र दिएको छ। हाल सुर्खेत र दैलेखका विभिन्न भागमा बस्ती बस्ने राउटेहरुलाई गाउँपालिकाले दिएको परिचयपत्र जन्मदर्ता परिचयपत्र जस्तै भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए।

‘हामीले उनीहरुलाई स्थायी परिचयपत्र दिएका छौं। राउटे नेपालको जुनसुकै ठाउँमा गएर बसेपनि हाम्रा नागरिक हुन्,’ उनले भने, ‘आगामी फागुन वा चैतसम्म हामी उनीहरुलाई नागरिकता पनि वितरण गर्छौं।’

राउटे समुदायकाे बस्ती हाल सुर्खेतको चिङ्गाड गाउँपालिका–५ हलेदीमा बसिरहेकाे छ। ४५ परिवार रहेको यो समुदायमा १४५ जना सदस्य छन्।

Next Post

इजरायलका प्रधानमन्त्री नेतान्याहूद्धारा संसद् विघटन

८ पुष २०७७, बुधबार १२:४६
काठमाडौं: इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।