टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प : तीन जनाको ज्यान गयो

हिमशिखर सम्वाददाता काठमाण्डौ ९ फाल्गुन २०७९, मंगलवार ०७:१३

टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि  तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ ।

टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

टर्कीए सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।

Next Post

फागुन -२० गते प्रधानमन्त्री कतार जादै

९ फाल्गुन २०७९, मंगलवार ०७:१३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण तय गरेका छन् । उनी फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनाएका छन् । दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको गजुरेलले जानकारी दिए । सो सम्मेलनमा विभिन्न […]