जुम्लामा आज गाईजात्रा पर्व मनाइँदै

महेश चाैलागाँई ४ भाद्र २०८१, मंगलवार ०८:५६

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज जुम्लामा भव्यताका साथ मनाईदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ।

देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि जुम्लाको खलंगा बजारमा यसको विशेष रौनक देखिने गर्छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, गर्ने गरिएको छ ।

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो। विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो।

Next Post

फाेटाे : कनका टिभी

जुम्लाकाे चन्दननाथ नगरपालिकाका नगर प्रहरीकाे दिक्षित

४ भाद्र २०८१, मंगलवार ०८:५६
जुम्लाको चन्दननाथ नगरपालिकाका नगर प्रहरी दिक्षित भएका छन्। एक महिने आधारभूत तालिम सकपछि एक समारो मार्फत नगर प्रहरीलाई दिक्षित गरिएको हो। नगर प्रहरीलाई शसस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गण हेडक्वाटर जुम्लाले भर्ना छनाेट देखि आधारभू तालिम दिएकाे थियाे। चन्दननाथ नगरपालिले नगरकाे शान्ति सुरक्षा मजबुद बनाउनका लागि असही जंग बहाद […]