हिमा गाउँपालिकाका तीन गाउँमा एक घर एक धारा

महेश चाैलागाँई १३ श्रावण २०८०, शनिबार १९:४९

हिमा गाउँपालिकाको ३ गाउँका सबै घरमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाको वडा नम्बर बड्कीका १६१ घरधुरी, ५ वटा कार्यालय गरी १६६ धारा , वडानम्बर ५ बाजगाडमा १३६ घरधुरी र वडानम्बर ६ को डाडाबाडामा ७४ घरधुरीमा खानेपानीको धारा पुर्‍याइएको छ ।

नेपाल सरकार, हिमा गाउँपालिका, फिनल्याड सरकार, र युरोपियन युनियनको सहयोगमा  सञ्चालन भइरहेको सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय आयोजना (सुस्वा) अन्तर्गत तीनै गाउँका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको वास संयोजक सुमिता शाहीले जानकारी दिनुभयो ।

बुधबार हिमा गाउँपालिकाको बड्की गाउँमा सबै घरधुरीमा धारा पुगेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा, स्थानीयवासी, सरोकारवाला निकायको उपस्थितिमा भव्य कार्यक्रम गरी खानेपानीको धाराको उद्घाटन गरियाे ।

बड्की गाउँका सवैघरधुरीमा खानेपानी पुर्‍याउनका लागि स्थानीयको अगुवाईमा बड्क्री खानेपानी तथा सरसफाई आयोजना शुरु गरिएको थियो । जसमा अनुमानित एक करोड १२ लाख ६८ हजार ५९ रुपैयाँमध्ये एक करोड ११ लाख ६६ हजार १९७ रुपैयाँ खर्च भएको छ ।

Next Post

सन्तोष खत्री राष्ट्रिय फुटबल टोलिको प्रारम्भिकमा छनोट,

१३ श्रावण २०८०, शनिबार १९:४९
जुम्लाका सन्तोष खत्री राष्ट्रिय फुटबल टोलिको प्रारम्भिकमा छनोटमा परेका छन।खत्री फिफा बिश्वकप २०२६ र एएफसी एसियाकप २०२७ को एसिया छनोटका लागि प्रारम्भिक टोलिमा परेका हुन् । शुक्रबार राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले राष्ट्रिय फुटबल टोलिको प्रारम्भिक टोलिमा तिन खेलाडी थपेका थिए ।जसमा तातोपानी गाउपालिका वडा न.६ का […]