प्राविधिक शिक्षाका लागि दैलेख टेक्निकल कलेज उत्कृष्ट गन्तव्य

के .बि अछुत २७ असार २०८१, बिहीबार ०८:१९

प्राविधिक शिक्षा आजकाे आवश्यकता, राेजगार मुलक शिक्षा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ स्थापना भएकाे दैलेख टेक्निकल स्लकुलले विगत लामाे समय देखि विद्यार्थीकाे लागि दक्ष र अनुभवी शिक्षकबाट पढाइ भइरहेकाे छ।

विद्यार्थीकाे उज्ज्वल भविष्यका लागि दैलेख टेक्निकल कलेजले विभिन्न विषयकाे पढाइ संचालन गरिरहेको छ।

२०६८ सालमा स्थापना भएकाे उक्त कलेजले विद्यार्थीकाे उज्ज्वल भविष्यका लागि काम गरिरहेकाे छ। भर्खरै एसईई दिएर बसेका विद्यार्थीका लागि अब कतै नराेजेर दैलेख टेक्निकल स्कुललाई राेज्न विद्यालयले जानकारी दिएकाे छ।

पछिल्लो समय प्राविधिक शिक्षाकाे प्रतिस्पर्धा भई रहेकाे बेला उक्त कलेजले पनि ३ वर्षे ल्याव टेक्निसियन (CMLT), ३ वर्षे सामान्य चिकित्सा (HA) १८ महिने सिभिल ईन्जिनियरिङ( CIVIL) र १८ महिने भेटेरीनरी साईन्स ( VJTA) जस्ता प्राविधिक धारका विषयहरू दक्ष र अनुभवी शिक्षक र शिक्षिकाबाट अध्यापन गराइरहेको छ।

सिट सिमित भएकाले उच्च शिक्षा हासिल गर्नकाे लागि आवेदन खुल्ला भएको जुम्ला सम्पर्क व्याक्ति प्रकाश भण्डारीले जानकारी दिए। उनका अनुसार टेक्निकल कलेजले दक्ष तथा अनुभवी प्रशिकहरूद्वारा प्रशिक्षण गराइरहेको छ। त्यस्तै कजेजमा व्यवस्थित पुस्तकालय हुनुका साथै गरिव जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको उचित व्यवस्था छ।

‘शैक्षिक अवलोकन भ्रमण तथा अतिरिक्त क्रियाकलाप गराइनुका साथै प्रशिक्षार्थीहरूकाे दैनिक गतिविधिलाई सिसि क्यामरा द्वारा निगरानी गरिन्छ,’ उनले भने।

यस्तै विद्यालयकाे आफ्नै भुकम्प प्रतिरोधात्मक भवन छ भने चाैबिसै घण्टा पानी, बत्तीको व्यवस्था रहेकाे छ। प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको , जिल्ला प्रदेश र क्षेत्रहरूका सम्बन्धित निकायाहरूमा प्रयाेगात्मक अभ्यास गराइने, सुबिधा सम्पन्न प्रयाेगशालाकाे व्यवस्था समेत छ।

मल्टिमिडिया प्रविधिद्वारा प्रशिक्षण गराउनुका साथै विभिन्न याेजनाहरूकाे सर्भे क्याप्प (SURVEY CAM ) काे व्यवस्था भएको भण्डारीको भनाइ छ।

अध्ययन गर्न चाहने बिद्यार्थीले नारायण नगरपालिका वडा नम्बर १ श्रीस्थान जाने बाटाे भगवतीटाेल दैलखमा सम्पर्क गर्नु पर्नेछ। प्रत्येक्ष सम्पर्क गर्नका लागि ०८९-४१०१३६ र ९८४८०५११२० मा सम्पर्क गर्नुपर्ने छ।

जुम्लाबाट आवेदन दिन चाहानेले ९८६४६६४०१९ मा सम्पर्क गरि आवेदन दिन सकिने कलेजले जनाएको छ।

 

Next Post

नेविसंघ र तरूण दलले उठाएका २२ बुँदेमा उठाएका मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता

२७ असार २०८१, बिहीबार ०८:१९
बिहीबार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरूण दलले उठाएका २२ बुँदेमा उठाएका मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता जनाएकाे छ । १६ गते नेविसंघ जुम्लाका अध्यक्ष महेश हमाल र नेपाल तरूण दल जुम्लाका अध्यक्ष हेम बुढ्थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने,भिडियो एक्सरे सेवा  सुरू हुनुपर्ने र एम्बुलेन्स […]