केही दिनयता दिनहुँ बाँकेमा बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला चारैतिर फैलिएपछि बाँके प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला फैलिएपछि बाँकेबासीमा डरत्रास बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय बाँकेले अत्यन्त गम्भीरता पूर्बक लागेपछि एक जनालाई पक्राउ समेत गरेको थियोे ।
पक्राउ परेका ब्यक्तिको बारेमा अनुसन्धान गर्दै जाँदा मानसिक सन्तुलन ठिक नभएको र दिसापिसाब एकैठाउँ गर्ने, त्यसको अफन्त समेत कोही नभएको र केही दिन नियन्त्रणमा राखेर बुझ्दा मागेर पाइएको पैसा बाहेक केही नभेटिएको बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
एसपी अधिकारीका अनुसार अहिलेसम्म बाँकेमा त्यसतो कुनै घटना नभएको र कुनै पनि बच्चा नहराएको बताए । यस बिषयमा प्रहरी गम्भीर छ, बच्चा चोर्ने ग्रुप सक्रिय रहेको खबर अफवाह मात्रै रहेको उहाँले बताए ।