हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

हिमशिखर सम्वाददाता काठमाण्डौ १२ आश्विन २०८२, आईतवार १६:०९

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्।

‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै भने, ‘दर्ता चाहिँ भइसकेको छैन। आयोग जाँचबुझ प्रक्रियामै छ।’

साम्पाङ आफैले दल खोलेर जाने यसअघि नै सार्वजनिक गर्दै आएका छन्। तर, निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको कुरा भने खुलाएका छैनन्। निर्वाचन आयोगका अनुसार असोज ७ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको छ।

‘रित पुगेर आएको दल दर्ता गर्नै पर्छ। अहिले दसैं बिदा सुरु हुन लाग्यो। रित पुगेर आएको भए दसैंलगत्तै दर्ता हुनसक्छ,’ आयोगका सूचना अधिकारी घिमिरेले भने।

Next Post

स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र

१२ आश्विन २०८२, आईतवार १६:०९
स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको अर्थ मन्त्रालयले बताएको छ । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरू बाहिरिएका थिए । त्यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत अर्थ मन्त्रालयले जनाएको छ । […]

सम्बन्धित समाचार