क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

हिमशिखर संवाददाता १८ माघ २०७९, बुधबार ०७:०२

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको क्यान स्रोतले जनाएको छ । निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे स्पष्ट भइसकेको छैन ।

क्यानको हिजोको बैठकमा ७ जना सदस्यले कार्यसम्पादन समितिको विषयमा असन्तुष्टि समेत व्यक्त गरेका छन् । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो । उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी पुस २९ मा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै हिजो महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

सन्दीपलाई गएको भदौ ५ गते काठमाण्डौको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो ।

Next Post

लाठी प्रहार गरेर श्रीमानको हत्या, पाँच वर्षपछि बाहिरियो घटना

१८ माघ २०७९, बुधबार ०७:०२
भेरी नगरपालिका-६ की भद्रकला कामीले लाठी प्रहार गरेर पाँच वर्षअघि श्रीमान् ४७ वर्षीय काले कामीको हत्या गरेको पुष्टि भएको छ। २०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले लाठीले हान्दा उनका श्रीमान‍्को मृत्यु भएको प्रहरीले जनाएको छ। भद्रकला र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयको सेफ्टि ट्यांकीमा […]

सम्बन्धित समाचार