विश्वासको मत नपाएपछि ढल्यो प्रचण्ड सरकार

हिमशिखर संवाददाता २८ असार २०८१, शुक्रबार १७:२६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वास गुमाएका छन्। शुक्रबार उनले आफूमाथि विश्वास छ भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए। सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रचण्ड स्वतः पदमुक्त भएका छन्। शुक्रबार प्रचण्डले राखेको प्रस्तावको पक्षमा ६३ मत परेको छ भने विपक्षमा १९४ मत पर्‍यो। शुक्रबार २५८ सांसद उपस्थित थिए। एक मत कतै पनि परेन।

प्रचण्डको प्रस्तावको पक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एसले मतदान गरेका थिए भने विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपालगायतले मतदान गरेका थिए।

प्रचण्ड सरकार १९ महिनामा ढलेकाे छ। उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेका थिए। एमालेकाे समर्थनमा प्रधानमन्त्री बनेका उनी एमालेकै कारण सत्ताविमुख भएका हुन्।

अब कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री बन्नेछन्।

 

प्रकाशित मितिः   २०८१ असार २८ at 5:20 pm 

Next Post

उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका ९० प्रतिशत मुद्दा फर्छ्याैट

२८ असार २०८१, शुक्रबार १७:२६
उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका ९० प्रतिशत मुद्दा फर्छ्याैट भएका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ काे हाल सम्म दर्ता भएका मध्य ९० दशमलब ६८ प्रतिशत मुद्दा फछ्याैट भएका हुन् । चालू आर्थिक वर्षमा नयाँ २२९ सहित कूल २७९ वटा मुद्दा दर्ता भएका थिए । जसमा २५३ वटा मुद्दा फछ्याैट भएका छन् । […]

सम्बन्धित समाचार