प्रदेश लिग खेल्न सुर्खेत पुगेका जुम्ली खेलाडीलाई मार्सी फुटसल टिमको भव्य स्वागत

महेश चाैलागाँई २२ मंसिर २०८१, आईतवार ०८:२७

प्रदेश लिग फुटबल प्रतियोगितामा भाग लिन सुर्खेत पुगेका खेलाडीलाई सुर्खेतको मार्सी ब्वाईज फुटसल टिमले मंसिर २२ गते जुम्ली खेलाडीहरूलाई भव्य स्वागत गरेको छ।

कर्णाली प्रदेश फुटबल संघको आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म सञ्चालन हुने प्रदेश लिग खेल्न सुर्खेत पुगेका जुम्लाको विनायक एकीकृत क्लब (चन्दननाथ-४, मालाभिड) का खेलाडी तथा अफिसियल टिमलाई कर्णाली प्रदेश राजधानी सुर्खेतमा स्वागत गरिएको हो।

जुम्ला जिल्ला लिग २०८१ को विजेता टोलीले जुम्लाको प्रतिनिधित्व गर्दै प्रदेशको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन मंसिर २१ गते सुर्खेत यात्रा तय गरेको थियोे।

स्वागत कार्यक्रममा फुटसल टिमका अभिभावक भरत रावत, ई. बीरेन्द्र बुढथापा, तथा कार्यसमितिका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति थियो।

उनीहरूले जुम्ली खेलाडीहरूलाई जितको अग्रिम शुभकामना व्यक्त गर्दै सम्मान गरे। स्वागतपछि जुम्ली टोलीले निरन्तर समर्थनक अपेक्षा रहेको प्रतिक्रिया दिए।

प्रतियोगिताका लागि तयार जुम्ली खेलाडीहरूले खेलप्रेमी दर्शकहरूलाई समर्थनका लागि सुर्खेतको प्रदेश रंगशालामा उपस्थित हुन आग्रह गरेका छन्। “तपाईंहरूको हौसलाले हाम्रो खेल प्रदर्शनलाई थप ऊर्जा मिल्नेछ,” खेलाडीहरूले बताएका छन्।

कर्णाली प्रदेश फुटबल संघले दर्शकहरूका लागि प्रदेश रंगशालामा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ। संघका अनुसार खेल प्रेमीहरूले यो अवसरलाई रमाइलो वातावरणमा अनुभव गर्न पाउनेछन्।

यो प्रतियोगिता कर्णाली प्रदेशभरका उत्कृष्ट टोलीहरूको प्रतिस्पर्धा रहेको छ। खेलाडीहरूको कौशल प्रदर्शनले कर्णाली प्रदेशको फुटबल क्षेत्रको स्तरलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताए।

उनका अनुसार जुम्ला जिल्ला फुटबल संघले निरन्तर प्रतियोगिता संचालन गर्ने, त्यसको व्यवस्थापन, वातावरण मिलाउन सकेका कारण यो उपलब्धि हासिल भएको हो।

जुम्ली खेलाडीहरूको यो सहभागिताले जिल्लाको खेल क्षेत्रलाई नयाँ दिशा दिन सक्ने उनको विश्वास छ। “उनीहरूले आफ्नो साहस, मेहनत र टीमवर्कका साथ दर्शकहरूको मन जित्ने आशा गरेका छु,” उनले भने।

प्रतियोगितामा जुम्लाको विनायक एकीकृत क्लबले सुर्खेतको लिग विजेता काख्रेविहारसँग मंसिर २५ गते खेल्ने टिमका अफिसियल दिपेन्द्र विक्रम हमालले जानकारी दिए।

Next Post

मेयरका बिरुद्ध फेसबुकमा स्टाटस लेख्दा नगरपालिकाका कर्मचारी पक्राउ

२२ मंसिर २०८१, आईतवार ०८:२७
जुम्ला जिल्ला चन्दननाथ नगरपालिकाका सातौं अधिकृत क्षेत्र बुढथापा साईबर अपराध अनुसन्धानका लागी पक्राउ परेका छन्। सामाजिक सञ्जालमा उक्त नगरपालिकाका मेयर राजु सिंह कठायतलाई बारम्बार धम्की दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागी पक्राउ गरेको हो। आईतबार दिउँसो मेयर कठायतले आफुलाई सामाजिक सञ्जालमा स्टाटस मार्फत धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी […]