शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने

महेश चाैलागाँई २१ मंसिर २०८१, शनिबार १९:१७

कर्णाली याक्समा आवद्ध चर्चित भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)को बाँकी खेल नखेल्ने भएका छन् ।

क्रिकेटर धवनलाई कर्णालीले चार खेल खेल्नका लागि टोलीमा अनुबन्ध गरेको थियो । उनले सम्झौताअनुसार चार खेल खेलेर स्वदेश फर्किने भएका हुन् ।

एनपीएलमा चार खेल खेलेका शिखरले १३६ रन बनाएका थिए । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौँ गुर्खाजविरुद्ध अविजित ७२ रन बनाए ।

उनी सम्मिलित कर्णालीले चार खेलमध्ये दुईमा हार र दुईमा जित निकालेको छ ।

 

Next Post

प्रदेश लिग खेल्न सुर्खेत पुगेका जुम्ली खेलाडीलाई मार्सी फुटसल टिमको भव्य स्वागत

२१ मंसिर २०८१, शनिबार १९:१७
प्रदेश लिग फुटबल प्रतियोगितामा भाग लिन सुर्खेत पुगेका खेलाडीलाई सुर्खेतको मार्सी ब्वाईज फुटसल टिमले मंसिर २२ गते जुम्ली खेलाडीहरूलाई भव्य स्वागत गरेको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म सञ्चालन हुने प्रदेश लिग खेल्न सुर्खेत पुगेका जुम्लाको विनायक एकीकृत क्लब (चन्दननाथ-४, मालाभिड) का खेलाडी तथा अफिसियल […]

सम्बन्धित समाचार