जुम्लामा ढुङ्गाको गणेश मन्दिर : ललितपुरको हातबाट उठेको नयाँ सम्पदा

महेश चाैलागाँई २८ आश्विन २०८२, मंगलवार १४:४०

जुम्लाको चन्दननाथ नगरको मुटुमा अहिले एक नयाँ आकर्षण थपिएको छ   ढुङ्गाबाट निर्मित कलात्मक गणेश मन्दिर। ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा बनेको यो मन्दिर आज विशेष समारोहका बीच उद्घाटन गरिएको हो।

पुरातात्त्विक सोच र स्थानीय पहिचानको मिश्रणमा तयार गरिएको मन्दिर जुम्लामै पाइने प्राकृतिक ढुङ्गाबाट कलात्मक ढङ्गले ढालिएको छ। सम्पूर्ण संरचना ढुङ्गाकै प्रयोगमा उभिएको यो मन्दिर जुम्लाको लागि नौलो प्रयास र गौरवको विषय बनेको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिवाबु महर्जनले सम्पदाको संरक्षण र वातावरणीय सौन्दर्यलाई ललितपुरले आफ्नो नीति र पहिचानको रूपमा लिएको बताए। उनले चन्दननाथ नगरपालिका र ललितपुरबीचको मीत सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी वर्षमा पनि आर्थिक तथा प्राविधिक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, सांस्कृतिक समूह र सर्वसाधारणको उत्साहपूर्ण सहभागिता थियो। पूजाअर्चना, भजन–कीर्तन र सांस्कृतिक प्रस्तुतिले मन्दिर परिसर उल्लासमय बनेको थियो।

Next Post

लेकाली युवा क्लबद्वारा तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता हुने

२८ आश्विन २०८२, मंगलवार १४:४०
जुम्लाकाे चन्दननाथ नगरपालिका–१० जुम्लास्थित लेकाली युवा क्लबले यस वर्ष पनि तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शुभदिपावलीकाे अवसरमा आयोजना हुने उक्त प्रतियोगिता कार्तिक ३ गते देखि हुने क्लबले जनाएको छ। क्लबका अध्यक्ष सन्तोष खत्रीका अनुसार प्रतियोगिता श्री जनज्योति माध्यमिक विद्यालय, बार्कोटे डाँडा (भाईरल पुल, जुम्ला) […]

सम्बन्धित समाचार