दलित अभियान्ता सुनारकाे समर्थनमा जुम्लामा प्रर्दशन ।

महेश चाैलागाँई ३० श्रावण २०८१, बुधबार १४:५६

दलित अभियान्ता खगेन्द्र सुनार रिहाईकाे माग गर्दै जुम्लामा विराेध प्रदर्शन गरिएकाे छ । दलितलाई खाेई अभियानका क्रममा नेल सहित संसद भवन प्रवेश गर्न लागेपछि सुनारलाई प्रहरीले गिरफ्तार गरेकाे हाे ।

उनी एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।साेमबार नेपाल प्रहरीले सुनारलाई गिरफ्तार गरेपछि देशभर विराेध प्रर्दशन भईरहेकाे छ । जसअन्तर्गत जुम्लाका पनि सरकार निर्माण देखि राजनीतिक नियुक्तिमा दलितलाई भएकाे विदेश विरुद्द र अभियान्ता सुनारकाे रिहाईकाे माग गर्दै प्रर्दशन गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय नजिकैबाट सुरू भएकाे विराेध र्याली जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेर टुंगिएकाे थियाे । जिल्ला प्रशासन अगाडि नारा बाजि समेत गरिएकाे थियाे ।

टाेलीले सुनारकाे गिरफ्तारीकाे विराेध गर्दै रिहाइकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाइएकाे थियाे । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।

Next Post

जुम्लामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी

३० श्रावण २०८१, बुधबार १४:५६
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा -५ मा १० वर्षीया बालिकाको जबर्जस्ती करणी भएपछि मुद्दा दर्ता भएको छ। बालिकाका आफन्तले सोही गाउँका ४५ वर्षीया बलबिरे सार्कीले करणी गरेपछि जिल्ला प्रहरी कार्यालयमा मद्दा दर्ता गराएका हुन। बालिकालाई पटकपटक जबर्जस्ती करणी गरेको भनी आफन्तले जाहेरी दिएपछि मुद्दा दर्ता भएको डिएसपी छेदीलाल कामतीले बताए। उनले भने, […]