जुम्लामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी

महेश चाैलागाँई ३१ श्रावण २०८१, शुक्रबार १४:४३

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा -५ मा १० वर्षीया बालिकाको जबर्जस्ती करणी भएपछि मुद्दा दर्ता भएको छ।

बालिकाका आफन्तले सोही गाउँका ४५ वर्षीया बलबिरे सार्कीले करणी गरेपछि जिल्ला प्रहरी कार्यालयमा मद्दा दर्ता गराएका हुन।

बालिकालाई पटकपटक जबर्जस्ती करणी गरेको भनी आफन्तले जाहेरी दिएपछि मुद्दा दर्ता भएको डिएसपी छेदीलाल कामतीले बताए।

उनले भने, ‘बालिकाले महिला प्रहरीसमक्ष दिएको बयान अनुसार करणी भएको भन्ने छ। थप अनुसन्धान गरेपछि घटनाको सबै विवरण खुल्नेछ।’

जाहेरीमा बालिकाले आफूलाई कहिले चाउचाउ बिस्कुट दिएर फकाउँदै त कहिले धम्काएर पटकपटक जबर्जस्ती करणी गरेको बताएकी छन्।

बालिकाका आफन्तहरुका अनुसार आरोपी पुरुषले धम्काएका कारण घटना गुपचुप थियोे। साउन २५ गते निजले गाउँ नजिकै फेरि जबर्जस्ती करणी गर्न खोज्दा घटना बाहिरिएको छ।

बालिकाका आफन्तले भने, ‘त्यसपछि गोठीजिउला प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालयसम्म न्याय माग्न आएका छौं।’

प्रहरीले मुद्दा दर्ता गरेपछि बालिकाको नाम परिवर्तन गरि स्वास्थ्य परिक्षण तथा आवश्यक प्रक्रिया पूरा गरेको डीएसपी कामतीले बताए।

उनले भने, ‘आरोपीको हुलिया र फोटो सबैतिर पठाइ खोजी कार्य सुरु गरिएको छ ।

kanka khabar

Next Post

जुम्लामा आज गाईजात्रा पर्व मनाइँदै

३१ श्रावण २०८१, शुक्रबार १४:४३
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज जुम्लामा भव्यताका साथ मनाईदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने […]

सम्बन्धित समाचार