कर्णालीको बजेट : नदीमाथिका गरा हराभरा बनाउन १ कराेड ४० लाख रुपैयाँ विनियाेजन

महेश चाैलागाँई २ असार २०८०, शनिबार ०५:५०

कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले शुक्रवार प्रदेश सभा बैठकमा सरकारकाे बजेट सार्वजनिक गर्नुभएको हो ।

चालुतर्फ नाै अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा पालिकाकाे वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८० करोड चार लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३२ अर्ब ७४ करोड नाै लाख रुपैयाँको थियो ।

बजेटमा ‘नदीमाथिका गरा : बनाउँछौँ हराभरा’ लाई कार्यरूप दिन कर्णाली, भेरी बेसिन र शारदालगायतका विभिन्न नदी किनारमा रहेका टारहरूमा सिँचाइ सुविधा विस्तार गर्न एक करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको खाद्यान्न उत्पादनको प्रचुर सम्भावना रहेका क्षेत्रहरूको विकास गर्न सङ्घीय सरकार तथा विकास साझेदार संस्थासँग सहकार्य गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

Next Post

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

२ असार २०८०, शनिबार ०५:५०
गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ। बा १५ च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन्। चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत […]