तातोपानी गाउँपालिका–३ मा आगलागी, अन्नपातदेखि कपडासम्म सबथोक नष्ट

हिमशिखर संवाददाता २८ श्रावण २०८२, बुधबार १९:५९

जुम्लाको तातोपानी गाउँपालिका–३ खरखडामा बुधबार साँझ भएको आगलागीका कारण एक तिनतले कच्ची घरको तेस्रो तला पूर्णरूपमा नष्ट भएको छ।

स्थानीय खेम बुढाको टिनले छाएको तिनतले, आठ कोठा भएको घरको तेस्रो तलामा साँझ करिब ६:३० बजे नास्ता पकाउने क्रममा अचानक आगलागी भएको हो।

आगो लाग्दा तेस्रो तलामा राखिएका अन्नपात, लत्ता–कपडा, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट भएका छन्।

आगलागीको कारण तत्काल थाहा नभए पनि प्राथमिक अनुमान अनुसार खाना पकाउने क्रममा आगो चुलोबाट फैलिएको हुनसक्ने स्थानीयले बताएका छन्।

आगलागीपछि छिमेकीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

मानवीय क्षति नभए पनि घरधनीको ठूलो आर्थिक क्षति भएको जनाइएको छ।

Next Post

कनकासुन्दरीको पुँजीगत खर्च ८६.७४ प्रतिशत

२८ श्रावण २०८२, बुधबार १९:५९
आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले ४७ करोड ६ लाख २१ हजार ८१२ रुपैयाँ विनियोजन गरेकोमा ४१ करोड ९४ लाख ९१ हजार ४६६ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ८९.१३ प्रतिशत हो। जुम्लाका आठवटै पालिकामध्ये कनकासुन्दरी गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गर्ने पहिलो स्थानीय तह बनेको छ। […]