दोलखासँगै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

हिमशिखर सम्वाददाता काठमाण्डौ १८ चैत्र २०७९, शनिबार १३:०९

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ।

Next Post

उपनिर्वाचन: रास्वपाले घोषणा गर्‍यो तीन क्षेत्रका उम्मेदवार

१८ चैत्र २०७९, शनिबार १३:०९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि उम्मेदवार घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा सम्पन्न संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकले तीनै क्षेत्रका उम्मेदवार घोषणा गरेको हो। घोषणाअनुसार तनहुँ क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले, चितवन क्षेत्र नं. २ मा रवि लामिछाने […]