सम्पादकीय: प्रदेशस्तरीय फुटबलमा हुम्ली जुम्लीकाे फाइनल आज १ बजे हुने

महेश चाैलागाँई १८ फाल्गुन २०८०, शुक्रबार १०:४०

जुम्लामा जारी कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे फाइनल खेलमा हुम्ला र जुम्ला भिड्ने भएकाछन्। हिमाली जिल्ला हुम्ला र जुम्ला विचकाे खेल राेचक हुने अनुमान गरिएकाे छ।

कालिकाेटलाई हराउदै हुम्लाले फाइनल खेलकाे लागि आफ्नाे पाेजिसन पक्का गरेेकाे छ भने जुम्लाले सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउदै फाइनल यात्रा मात्र तय नगरी सबैलाई चकित बनाएकाे छ ।
जहिल्यै हारकाे सिकार हुने जुम्लाले आज घरेलु मैदानमा सुर्खेत लाई हराउदाँ जुम्ली फुटबल टिमको आकार र वजनकाे चर्चा सुरु भएकाे छ।
याे प्रतियोगिताबाट आगामी वर्ष सुर्खेतमा हुने दशाैं राष्ट्रिय खेलकुद प्रतियाेगिमा खेल्ने खेलाडी छनाेट हुने भएकाेले व्याक्तिगत रुपमा खेलाडीकाे प्रदर्शन महत्त्वपूर्ण हुने छ।
१० जिल्लाकाे कर्णाली प्रदेशबाट यस पटककाे छनाेट खेलमा ६ वटा जिल्लाले मात्रै सहभागीता जनाए। फाइनल खेल फागुन १८ गते आज दिउसाे १ बजे राजासिम स्थित जुम्ला रंगशालामा हुने छ।

Next Post

कर्णाली प्रदेशस्तरीय फुटबल उपाधी जुम्लालाई

१८ फाल्गुन २०८०, शुक्रबार १०:४०
जुम्लामा जारी कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे उपाधी जुम्लाले उचालेकाे छ। सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउदै फाइनल यात्रा तय गरेकाे जुम्लाले फाइनलमा हुम्लालाई शुन्यका विरुद्ध ४ गाेलले हराउदै उपाधी हात पारेका  छ। जुम्लाले आज घरेलु मैदानमा शानदार जीत निकाल्दै उपाधी आफ्नाे पाेल्टामा पारेकाे छ। जुम्लाका खेलाडी रुबेन भण्डारीले फाइनलमा ह्याट्रिक गरेका […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।