जुम्लामा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश भेला शुक्रबार अगुवा नेता र कार्यकर्ताको ठूलो सहभागितासहित सम्पन्न भएकाे छ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ११ दलको समायोजनमा बनेको पार्टीले भेला मार्फत दीगो कम्युनिष्ट केन्द्र निर्माण र जनपक्षीय स्थिरता कायम गर्ने लक्ष्य दाेखिएकाे छ ।
कार्यक्रममा केन्द्रीय आयोजक समिति सदस्य नरेश भण्डारीले देश राजनीतिक सङ्कटका बीच कम्युनिष्ट एकता ऐतिहासिक कदम भएको बताए। उनले आधारभूत पूर्वाधार विकासदेखि सामाजिक न्यायसम्मका एजेन्डा कम्युनिष्ट नेतृत्वमै प्रभावकारी बन्ने दाबी गरे।
त्यसैगरी, पदमबहादुर रोकाया र गोमा गौतम कुँवरलगायत वक्ताहरूले जुम्लामा बढ्दो कम्युनिष्ट शक्ति र आगामी निर्वाचनमा साझा मतको आवश्यकतामा जोड दिए।
भेलाकै अवसरमा पातारासी–२ र ३ का १४ जना (१ एमाले, १३ काँग्रेस) नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।



