कर्णालीमा तीन सांसद्ले राेजे नेकपा (एकीकृत समाजवादी)

हिमशिखर संवाददाता १६ भाद्र २०७८, बुधबार १५:०९

कर्णाली प्रदेश सभाका तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा लागेका छन्। सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले समाजवादीको पक्षमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्नेमा जुम्लाका सांसद् पदमबहादुर रोकाया मुगुका सांसद् चन्द्र बहादुर शाही र रुकुम पश्चिमकी सांसद देवी ओली रहेकाछन्।

कर्णाली प्रदेश सभाका सदस्यमध्ये खुलेर लागेका बहालवाला सांसद्हरुमा ओली र शाही मात्र देखिएकोमा रोकाया पनि खुलेका छन्।

अझै पनि केही सांसदहरुले हस्ताक्षर गर्ने दावी सांसद् चन्द्र बहादुर शाहीको छ। ‘लोकतन्त्रमा दल रोज्न पाउने व्यवस्था हुन्छ। अरु साथीहरुसँग पनि छलफल भइरहेको छ’, उनले भने, ‘समाजवादीको पक्षमा हस्ताक्षर गर्ने सांसद्को संख्या बढ्छ।’

एमालेभित्रको समूहगत विभाजनका क्रममा ६ जना सांसद्हरु माधव नेपाल पक्षमा लागेका थिए। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा चारजनाले फ्लोर क्रस गरेपछि एमालेले पद मुक्त गरेको थियो।

Next Post

जुम्लामा कर तिर्नलाई सास्ति , सरकारी कार्यलय भित्रै सेवाकाे व्यापार

१६ भाद्र २०७८, बुधबार १५:०९
आन्तरिक राजश्व कार्यलय जुम्लामा करदातालाई कर तिर्नकाे लागि सास्ति भाेगिरहेका छन ।आन्तरिक राजस्व कार्यलयका सबै काम डिजिटल बनाए संगै करदातालाई सास्ति भएकाे हाे । करदाता लाई सहज बनाउनकाे उद्योग बाणिज्य संघ जुम्लाले सञ्चालन गरेकाे हेल्प डेस्कले चर्काे शुल्क असुल्ने गरेकाे छ । उद्योग वाणिज्य संघ जुम्लाले आन्तरिक राजस्व कार्यलय परिसर […]

सम्बन्धित समाचार