गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

महेश चाैलागाँई ११ श्रावण २०८२, आईतवार २०:१०

गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

आज दिउसाे करिव ३ बजे आफ्नै घरमा जंगल बाट ल्याएर च्याउ पकाएर खाने क्रममा घाइते भएका हुन् ।

घाइते हुनेमा एकै परिवारका ६० वर्षीय लेखकमान महतराको घरमा पकाइएको च्याउ खाँदा उनका परिवारका सदस्यहरू ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट बिरामी परेका हुन्।

बिरामीहरूलाई आइतबार साँझ करिब ७:१५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको छ । हाल सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

घटना लगत्तै प्रहरी चौकी मणिसाँघुबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियाे । स्थानियहरूका अनुसार सो क्षेत्र वरपर जंगली च्याउ प्रशस्त पाइने भए पनि केही च्याउ अत्यधिक विषालु भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार याे समयमा अत्यधिक मात्रामा जंगली च्याउ पाहिने भएको हुदा च्याउ खादा ध्यान दिनु पर्ने जानकारी दिएकाे छ ।

Next Post

जुम्लामा ट्याक्टरबाट लडेर एकजना घाइते

११ श्रावण २०८२, आईतवार २०:१०
जुम्ला, साउन ११ – जुम्लाको तातोपानी गाउँपालिका–४ पाण्डेवाडामा ट्याक्टरबाट लडेर एक जना घाइते भएका छन्। डिभिजन वन कार्यालय जुम्लामा कार्यरत ५५ वर्षीय खरिदार गणेश पाण्डे काठ बोकेको ट्याक्टर (क.१.त.१२ नं.) मा सवार रहँदा आइतबार दिउँसो करिब २:३० बजे ट्याक्टरबाट खस्दा घाइते भएका हुन्। टाउकोमा चोट लागेका पाण्डेलाई तत्कालै नायब सुब्बा […]