जुम्लामा ट्याक्टरबाट लडेर एकजना घाइते

महेश चाैलागाँई ११ श्रावण २०८२, आईतवार २१:४३

जुम्ला, साउन ११ – जुम्लाको तातोपानी गाउँपालिका–४ पाण्डेवाडामा ट्याक्टरबाट लडेर एक जना घाइते भएका छन्।

डिभिजन वन कार्यालय जुम्लामा कार्यरत ५५ वर्षीय खरिदार गणेश पाण्डे काठ बोकेको ट्याक्टर (क.१.त.१२ नं.) मा सवार रहँदा आइतबार दिउँसो करिब २:३० बजे ट्याक्टरबाट खस्दा घाइते भएका हुन्।

टाउकोमा चोट लागेका पाण्डेलाई तत्कालै नायब सुब्बा रविन्द्र अधिकारीको सहयोगमा करिब ५:३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो। चिकित्सकका अनुसार हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Next Post

जुम्ला चन्दननाथ नगरपालिकाले २०८२/०८३ को बजेट कार्यान्वयनका लागि कार्यसम्पादन करार सम्झौता

११ श्रावण २०८२, आईतवार २१:४३
चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बजेटको कार्यान्वयन तथा सेवा प्रवाह प्रभावकारी बनाउन साउन ७ गते प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी हस्तान्तरण गरेको छ। यससँगै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन करार सम्झौता पनि भएको छ ।नगर प्रमुखद्वारा प्रदान गरिएको खर्च अख्तियारीसँगै उक्त सम्झौताले नगरपालिकाको समग्र […]