आफ्नाे पाटिकाे उम्मेदवार विरूद्व गतिविधि गरेकाे आराेमा नेपाली कांग्रेस जुम्लाले एक जना उप सभापति सहित ७ जनालाई कारबाही सिफारिस गरेको छ ।
उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्त बहादुर रोकाया, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, गोविन्द बहादुर शाही, आसे बस्नेत, भक्त रोकाया र गोर बहादुर सुनारलाई काबाहीका केन्द्रीय समितिलाई सिफारिस गरेकाे नेपाली काँग्रेस जुम्लाका पार्टी सभापति कर्णबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार विरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएको भन्दै कांग्रेसले कात्तिक १४ गते उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । तर नगर सभापति रवि थापाले मात्रै स्पष्टीकरण दिएका थिए