रास्वपा सभापति लामिछानेलाई भोलि काठमाडौँ ल्याइने

हिमशिखर संवाददाता ९ मंसिर २०८१, सोमबार १८:५८

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेकाे आरोपमा लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएकाे हाे।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ पक्राउ गरिएकाे थियाे।

लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएकाे बताइएकाे छ।

कालीमाटीकाे स्वर्णलक्ष्मी ठगी प्रकरणमा लामिछानेलगायतविरुद्ध ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेकाे तथा याे सहकारीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ। याे सहकारी ठगीमा रविविरुद्ध पक्राउ पुर्जी जारीसमेत भइसकेको छ।

Next Post

१५ औ हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु

९ मंसिर २०८१, सोमबार १८:५८
१५ औ राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल हर्टीकल्चर सोसाइटी र रास्ट्रीय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घघाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरुको भुमिका महत्वपूर्ण हुने वताए । सबै […]

सम्बन्धित समाचार