भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

हिमशिखर संवाददाता ४ फाल्गुन २०८२, सोमबार २२:२६

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार भक्तपुर स्थित उनकै  निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार उनलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा राखिएको छ।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाउँदै प्रहरीको साइबर ब्यूरोले बयान लिएको थियो।

फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न सक्ने आशंकामा प्रहरीले उनलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको जनाएको छ। यसअघि माघ ५ गते पनि उनलाई पोखराबाट पक्राउ गरी बयानपछि छाडिएको थियो।

Next Post

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला सुन्धाराबाट पक्राउ

४ फाल्गुन २०८२, सोमबार २२:२६
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने क्रममा बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेको […]

सम्बन्धित समाचार