नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला सुन्धाराबाट पक्राउ

नेपाल बन्दका क्रममा कारबाही

हिमशिखर संवाददाता ५ फाल्गुन २०८२, मंगलवार २०:५३

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्ने क्रममा बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेको निर्वाचनको विरोध गर्दै आएको छ। सोही विरोध कार्यक्रम अन्तर्गत मंगलबार पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो। बन्दका गतिविधि र शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले नेताहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

जुम्लामा भ्यान दुर्घटना : ७ जना घाइते, ३ को अवस्था गम्भीर

५ फाल्गुन २०८२, मंगलवार २०:५३
जुम्ला जिल्लामा भ्यान दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। मिति २०८२ फागुन ७ गते दिउँसो  १२:०० बजे तातोपानी गाउँपालिका–६ घौलापानीस्थित कर्णाली राजमार्ग सडक खण्डमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी शालिक राम खनालले जानकारी दिएका छन । जुम्ला बजारबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ८१८ […]