जुम्लामा भ्यान दुर्घटना : ७ जना घाइते, ३ को अवस्था गम्भीर

महेश चाैलागाँई ७ फाल्गुन २०८२, बिहीबार १३:२७

जुम्ला जिल्लामा भ्यान दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। मिति २०८२ फागुन ७ गते दिउँसो  १२:०० बजे तातोपानी गाउँपालिका–६ घौलापानीस्थित कर्णाली राजमार्ग सडक खण्डमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी शालिक राम खनालले जानकारी दिएका छन ।

जुम्ला बजारबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको  भ्यान अनियन्त्रित भई सडक छेउमा रोकी राखिएको क.प्र.०२–००१ त ०१९० नम्बरको ट्रयाक्टरमा ठोक्किएको थियो। ठक्करपछि भ्यान सडकबाट करिब ३०–४० मिटर तल बारीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन्। घाइतेहरू मध्य ३ जना निर्वाचन प्रहरी रहेकाे खनालले जानकारी दिएका छन ।

धाईते लाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन (मा.प.से.) नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Next Post

रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भिरबाट खस्यो

७ फाल्गुन २०८२, बिहीबार १३:२७
रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको छ । ‘अहिले […]