जेष्ठ नागरिकहरुकाे हक अधिकार कार्यान्वयनमा स्थानिय तहहरू माैन रहेकाे कारण आफ्ना अधिकारहरू कुण्ठित भएकाे जुम्लाका जेष्ठ नागरिकहरूले गुनासाे पाेखेकाछन ।
३१ओै जेष्ठ नागरिक दिवसकाे अवसरमा राष्ट्रिय मानव अधिकार आयाेगद्वारा आयाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताहरूले यस्ताे गुनासाे गरेका हुन ।
कार्यक्रममा बाेल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारतिले अस्पतालमा निःशुल्क उपचार, यातायातमा ५० प्रतिशत छुट, निःशुल्क स्वास्थ्य बिमा लगायतका जेष्ठ नागरिक लाई राज्यले दिएकाे अधिकार कुण्ठित भएकाे कुनै कार्यलयमा जादा अझै आफुहरूले मगन्तेजस्तो व्यवहार भाेग्नुपरेकाे अध्यक्ष भारतीले बताए ।
ज्येष्ठ नागरिकहरूको सुविधा तथा हक अधिकार कार्यान्वयनका लागि जुम्लाका आठै स्थानीय तह मौन रहेकोकाे कारण हरक क्षेत्रमा सेवा लिदा जेष्ठ नागरिकहरू अपहेलित भएकाे तातोपानीका ज्येष्ठ नागरिक दल बहादुर खड्काले बताए ।
यस्तै दिवसका अवसरमा दोसल्ला, टोपी लगाइदिएर हर्लिक्स दिएर औपचारिकता निभाउने अनि अरू वेला जेष्ठ नागरिकलाई हेला गर्ने गरेको अर्का ज्येष्ठ नागरिक दयादत्त हमालको गुनासो छ ।
जेष्ठ नागरिकको हक अधिकारकाे लागि सराेकारवाला नियाक जागरुक हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयाेगका
मानवअधिकार अधिकृत धनराज शाहीले बताए