नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन केही बेरमा सुरू हुँदै

महेश चाैलागाँई १५ आश्विन २०७८, शुक्रबार १०:२८

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरू हुँदैछ।

महाधिवेशन गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा सुरू हुन लागेकाे हाे। कार्यक्रमलाई दिउँसो साढे १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी र गाडीका चालकलगायत सबैको लागि बिहानको खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै व्यवस्थापन गरिएको छ।

महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ। दिउँसोको लागि भने खाजाको प्याकेट प्रबन्ध गरिएको छ। साँझको खाना पनि बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ।

महाधिवेशन नसकिदासम्म कार्यक्रमस्थलसम्म पुग्ने राजमार्ग र आसपासका सडकहरुमा पार्किङको व्यवस्थासहित प्रशस्त ट्राफिकहरुलाई खटाइएकाे छ।

महाधिवेशनमा अनेरास्ववियू, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघका करिब दुई सय जनाले स्वयंसेवक बनेर सहयाेग गर्नेछन्।

उद्घाटन कार्यक्रम सकिएपछि पछि महाधिवेशनको बन्दसत्र सुरु हुनेछ। बन्द्रसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

महाधिवेशनको दोस्रो दिन असोज १६ गते अर्थात शनिबार भने समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ। त्यस्तै तेस्रो दिन असोज १७ गते अर्थात आइतबार दस्तावेज प्रस्तोताहरुको सामूहिक छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै अन्तिम रुप दिइनेछ।

महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अनुमान छ। कार्यक्रमकाे मञ्चमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको लागि कुर्सी राखिएकाे छ।

मुख्य हलमा भने सबै प्रतिनिधि अटाउँदैनन्। उक्त हलमा तीन हजार प्रतिनिधि मात्र रहनेछन्। अन्य प्रतिनिधिकाे लागि हलको दायाँ वायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरू बस्न मिल्ने गरी व्यवस्थापन गरिएकाे छ। हलकै छेउमा टेन्ट टाँगेरसमेत थप आवश्यक पर्न सक्ने १-१ हजार क्षमताका हल निर्माण गरिएको छ।

Next Post

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गयाे

१५ आश्विन २०७८, शुक्रबार १०:२८
सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। २०७२ शालकाे गोरखा केन्द्र विनणदु भएर गएकाे भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि […]

सम्बन्धित समाचार