नेपाल छुवाछूतमुक्त घोषणा भएको १७ वर्ष पूरा, तर विभेद कायमै

महेश चाैलागाँई २१ जेष्ठ २०८०, आईतवार ११:२३
  1. नेपाल छुवाछूतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ ।

२०५८ साउन ३२ गते छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित त्यही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर समाजमा रहेको सोच र चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।

सन् २०२० मा राष्ट्रसङ्घले गरेको एउटा सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछूतबाट पीडित रहेका पाइएको थियो । दिवसका अवसरमा शुभकामना व्यक्त गरी राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत मानवीय गरिमाविरुद्धको अपराध रहेको बताउनुभएको छ ।

उहाँले छुवाछूत तथा विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको पनि बताउनुभएको छ।

Next Post

शरणार्थी प्रकरणः आजदेखि थुनछेक बहस

२१ जेष्ठ २०८०, आईतवार ११:२३
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुँदै छ। प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको जिल्ला अदालत, काठमाडौंमा अदालती बयान सकिएपछि आजदेखि थुनछेक बहस हुने भएको हो। सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्ने तयारी गरेका छन् भने प्रतिवादीका तर्फबाट करिब ५० जनाभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा […]