नवलपरासीको सर्दीमा बेवारिसे बम फेला

हिमशिखर सम्वाददाता काठमाण्डौ १३ चैत्र २०७९, सोमबार ०८:३६

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन्।

स्थानीय बासिन्दाले आइतबार दिउँसो बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो।

स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन्।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो।

भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन्।

साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट भएका खण्डमा १ सय ८० मिटर वरपरको क्षेत्रमा क्षति पुग्न सक्ने उनले दाबी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ पठाइएको बताए।

Next Post

दोलखासँगै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

१३ चैत्र २०७९, सोमबार ०८:३६
दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा […]