बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो  आन्दोलन, २ जनाको मृत्यु

हिमशिखर संवाददाता २३ भाद्र २०८२, सोमबार १४:५२

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ । कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।

Next Post

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

२३ भाद्र २०८२, सोमबार १४:५२
गृहमन्त्री रमेश लेखकले आज सोमबार मन्त्रिपरिषद् बैठकमै उपस्थित भएर आफ्नो पदबाट राजीनामा दिएका छन्। बैठकमा सहभागी एक मन्त्रीका अनुसार लेखकले “अपुरणीय क्षतिको अनुमान गर्न पनि नसकिने ठूलो घटना भएको” भन्दै अहिलेसम्म काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका थिए। आजै काठमाडौंमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र […]

सम्बन्धित समाचार